नेप्सेले १ सय ७ कम्पनीलाई ‘क’ वर्गमा सुचिकृत गर्यो



काठमाडौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सुचिकृत भएका एक १ सय ७ कम्पनीलाई ‘क’ वर्गमा सुचिकृत गरेको छ । नेप्सेले जारी गरेको प्रेस विज्ञप्ती अनुसार अघिल्लो वर्षको तुलनामा ‘क’ वर्गमा सुचिकृत हुने कम्पनीको संख्या घटेको छ । अघिल्लो वर्ष १ सय ३१ कम्पनी ‘क’ वर्गमा परेका थिए ।
नेप्सेले औपचारिता ‘क’ वर्गमा राख्ने भएको हुँदा सुचिकृत कम्पनीको खासै आकर्षित भने रहेको छैन । नेप्सेका अनुसार ‘क’ वर्गमा २६ वाणिज्य बैंक रहेका छन् । यस्तै बीमा समुहबाट १७,विकास बैंकबाट ४५,फाइनान्सबाट १७ कम्पनी ‘क’ बर्गमा सुचिकृत भएका छन् । जलविद्युत्बाट ३,होटलबाट १ र अन्य समुहबाट १ कम्पनी ‘क’ वर्गमा सुचिकृत भएका छन् ।
धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको व्यवस्था अनुसार नेप्सेले ‘क’ वर्गको कम्पनीमा सुचिकृत गर्दै आएका छन् । जसमा चुक्ता पुँजी कम्तिमा २ करोड भएको, साधारण सेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मुल्य चुक्ता मुल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको)  पुरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’ बर्गमा वर्गीकृत गर्दै आएको छ ।


क्लिकमान्डु