प्रतिकित्ता १२ सय ९० दरले एफपिओ ल्याउन स्टाण्डर्ड चार्टर्ड बैंकलाई स्वीकृति



धितोपत्र बोर्ड नेपालले स्टाण्डर्ड चार्टर्ड  बैंक नेपालको थप सार्वजनिक निष्कासन(एफपिओ) लागि स्वीकृति दिएको छ ।
बोर्डले १०० रुपैंयाँ भ्यालुमा ११९० रुपैंयाँ प्रिमियम थपेर १२९० रुपैंयाँमा सेयर निष्काशनको लागि स्वीकृति दिएको हो । बैंकले ३ अर्ब ३० करोड रुपैंयाँ बराबरको १२९० रुपैंयाँको दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ सेयर निष्काशनको लागि बोर्ड समक्ष निवेदन दिएको थियो ।

बैंकले एनएमबी क्यापिटललाई निष्कासन म्यानेजरको रुपमा नियुक्त गरिसकेको छ ।

स्टाण्डर्ड चार्टर्डको आर्थिक बर्ष ०७२/७३ को ३३.३३ प्रतिशत बोनस सेयर बितरण पश्चात चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुगेको छ । एफपिओको २५.५८ लाख कित्ता सेयर पूँजीकरण गरे पछि बैंकको चुक्ता पूँजी ४ अर्ब हाराहारी पुग्छ ।
बैंकले एफपिओको प्रिमियमबाट उठेको पैसा र ०७३/ ७४ को नाफाबाट १०० प्रतिशत बोनस सेयर बाँडि पूँजी ८ अर्ब पुर्याउने  लक्ष्य लिएको छ ।
अहिलेको निरन्तरको घट्दो बजारका कारण बैंकलाई एफपिओका तोकेको मूल्य पुष्टि गर्नुपर्ने चुनौती देखापरेको छ । केहि कम्पनीहरुले तोकेको एफपिओको प्रिमियम भन्दा सस्तो मै बजारमा सेयर पाइन थालीसकेको पृष्ठभूमीमा लगानीकर्ता पनि सजग हनुपर्ने देखिन्छ ।


क्लिकमान्डु