नेप्सेमा तीब्र उतारचढाव, २६ अंकको छलाङ




काठमाडौं । साताकोे दोश्रो दिन नेप्से परिसुचकमा तीब्र उतारचढाव भएको छ । ३२ अंकको हाराहारीले घटेको नेप्से कारोबार बन्द हुँदा २६.४८ अंकले बढेको छ । सोमबार नेप्से परिसुचक २६.४८ बढेर १२७८.९८ अंकमा अडेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सोमबार १ सय ३८ कम्पनीका १३ लाख १ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा ५० करोड १५ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको छ ।

सोमबार तीन समूह होटल, वित्त र उत्पादन समूहका उपसूचकहरु क्रमशः १४.४३, ४.४५ र २ं७९ अंकले घटेका छन् ।

आज बढ्ने उपसूचकहरुमा बैंकिङ समुहमा ३०.२३, बीमा समूह १९२.८९, जलविद्युत ३३.५९, विकास बैंक ३.७९ र अन्य समूह १५.३३ अंकको सुधार आएको छ ।

स्वाभलम्बन विकास बैंक १० प्रतिशत, सिद्धार्थ इन्स्योरेन्स ९.९० प्रतिशत, यूनाइटेड इन्स्योरेन्स ९.८९ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्स ९.८३ प्रतिशतले लगानीकर्ताले कमाएका छन् । सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताहरुले ९.७८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु