माइक्रोम्याक्सको क्यानभास अल्ट्रा एम वान बजारमा



काठमाडौं । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यानभास अल्ट्रा एम वान सार्वजनिक गरेको छ ।

क्यानभास अल्ट्रा एम वानमा अक्टाकोर प्रोसेसर राखिएको छ भने यसमा ३जीबी र्याम तथा ३२ जीबीको रोम रहेको छ । फोनमा ५.४ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ भने फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो अपरेटिंग सिस्टममा आधारित रहेको छ  भने ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

फोनमा ड्यूल तथा हाईब्रिड सिम स्लट भएको थ्रीजी तथा फोरजी भीओएलटिई नेटवर्क सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।

क्यानभास अल्ट्रा एम वान नेपाली बजारमा २२,८९९/– रुपैंया तोकिएको कम्पनीले दिएको छ ।


क्लिकमान्डु