मालिन मिडियाले अंग्रेजी भाषा सिकाउन स्पेल बी कार्यक्रम गर्ने



शिक्षा क्षेत्रसगं सम्वन्धित टेलीभिजन कार्यक्रम संचालन गर्दै आएको  मालिन मिडिया एण्ड इभेन्ट्सले यस क्षेत्रसँग सम्बन्धित अर्को कार्यक्रम संचालन गर्ने भएको छ ।

स्थानीय स्तरमा सिमित रहेको स्पेलिङ प्रतियोगितालाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने भएको छ । कार्यक्रमको नाम नेपाल स्पेल बी रहेको छ । सात सय भन्दा बढी स्कुल र कलेजका विद्यार्थी सहभागी हुने कार्यक्रमले विद्यार्थीलाई अंग्रेजी बोलाई,सिकाई र प्रयोगको अनुभवलाई फराकिलो बनाउने अनुमान आयोजकले लिएको छ ।

उपत्यका बाहिरको छनोटको काम पुरा भएको र फागुन २ देखि उपत्यका भित्रको छनोट शुरु हुने जानकारी आयोजकले दिएको छ । प्रारम्भिक छनोटबाट २ सय ८३ प्रतियोगीले भाग लिने छन् । प्रतियोगितमा विजयी हुनेले १ लाख,उपविजेताले ७५ हजार तेस्रो हुनेले ५० हजार नगद पुरस्कार पाउने छन् ।


क्लिकमान्डु