गभर्नर नेपालले भनेः जनताको पैसा ठिक ठाउँमा लगानी गर्नुहोस्



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकरलाई जनताको पैसा ठिक ठाउँमा लगानी गर्न आग्रह गरेका छन् ।

अहिले बैकिङ क्षेत्रमा देखिएको समस्या केन्द्रीय बैंकलाई भन्दा व्यवसायीलाई बढी जानकारी रहेको भन्दै उनले बैंक लगानीकर्तालाई नाफाको लागि व्यवस्थापनलाई दवाव दिने काम बन्द गर्न जोड दिए ।

ग्लोबल आइएमई बैंकमा र प्यासिफिक डेभलपमेन्ट बैंकको एक्विजेशनपछिको एकीकृत कारोवारको उद्घाटन गर्दै गभर्नर नेपालले बाबु बाजेको पैतृक सम्पत्तीजस्तो जनताको पैसा चलाउन नपाइने बताए ।
‘निर्यात बढ्न सकेको छैन,आलु प्याजमा पनि परनिर्भरता बढ्दै गएको छ यसले हामी आत्र्मनिभर नभएको देखाएको छ,’ गभर्नर नेपालले भने । गभर्नर नेपालले उत्पादन हुने क्षेत्रमा लगानी नगरेको भन्दै निजी क्षेत्रपनि असन्तुष्टी पोखे ।

हामीले गर्व गरेर भन्न सकिने क्षेत्र नभएको भन्दै गभर्नरले व्यवसायीलाई जलस्रोत, कृषि, उधोग, पर्यटनमा लगानी बढाउन जोड दिए ।

ग्लोबल आइएमई बैंकले प्यासेफिक डेभलपमेन्ट बैंकलाई गाभेर चुक्ता पुँजी चुक्ता पुँजी ७ अर्ब २४ करोड पुगेको जानकारी दिए । उनले बैंकले ५ वटा मर्जर सफल बनाएको भन्दै निक्षेप ८५ अर्ब रुपैयाँ तथा कर्जा ६८ अर्ब रुपैयाँ रहेको जानकारी दिए ।


क्लिकमान्डु