माछापुच्छ्रे बैंकको कुमारीपाटी शाखा संचालनमा



काठमाडौं । माछापुच्छ्रे बैंकको कुमारीपाटी शाखा आइतबारबाट संचालनमा आएको छ ।

बैंकले पाटन (गाल्बहाल)मा रहेको शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको हो । यस शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोले गरे ।

संचालनमा आएको यस नयाँ शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ ।

बैंकको ४ अर्व ६६ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैकले २०७३ साल पुस मसान्तसम्म ५८ अर्व २४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्व ८५ करोड कर्जा प्रवाह गरेको छ । सो अवधीमा बैकले ५७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकले ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरिहेको छ ।


क्लिकमान्डु