सिभिलको खराब कर्जा बढ्दा नाफामा असर



काठमाडौं । आइएलएफसी फाइनान्सलाई गाभेको सिभिल बैंकले खराब कर्जा बढेको ब्यालेन्ससिट प्रकाशित गरेको छ ।

पुस मसान्तसम्ममा १६ करोड नाफा कमाएपनि ७३ लाख नाफा कमाएपनि बैंकको खराब कर्जा अनुपात(एनपीएल) ४.४५ प्रतिशत छ । बैंकले ऋण नउठेको भन्दै सम्भावित नोक्सानी व्यवस्थामा ४५ करोड छुट्टाएको छ ।
ब्याज आम्दानी मार्फत ५४ करोड रुपैयाँ तथा अघिल्लो वर्ष नउठेको २६ करोड रुपैयाँ उठाएपनि बैंकको खराब कर्जा बढेको कारण नाफामा असर देखिएको छ ।

चार अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको ३२ अर्ब ९३ करोड रुपैयाँ निक्षेप रहेको छ भने कर्जा लगानी २९ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ५.९८ प्रतिशत आरओई रहेको बैंकको प्रति सेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ ।


क्लिकमान्डु