सगरमाथा मार्गमा पर्ने सडक सञ्चालनमा



खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमापर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमापर्ने गाईघाट– दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो ।

जिल्ला विकास समिति,गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चारवर्ष लगाएर निर्माण गरिएको सडक सञ्चालनमा आएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए ।

फरक/फरक आर्थिक वर्षमा जिविसबाट प्राप्त १५ लाख रुपै‌याँ, बतासे गाविसको १५ लाख रुपै‌याँ, स–छितापोखरी गाविसको ६० हजार रुपै‌याँ, स्थानीय मार्से सामुदायिक वनको चार लाख रुपै‌याँ, जोरमाटार सामुदायिक वनको रु दुई लाख र ढुकुरथुम सामुदायिक वनको एक लाख ४० हजार गरी ९० लाख रुपै‌याँको लागतमा सडक निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ ।

सडक सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम दिक्तेल तथा तराईका विभिन्न जिल्ला आवतजावत गर्न सहज भएको छ ।

निर्माण सम्पन्न गरेलगत्तै सञ्चालनमा ल्याइएको सडक गुणस्तरीय भएको अनुगमन टोलीले बताएका छन् । रासस


क्लिकमान्डु