८० करोडमा बिक्री भयो भारतको चर्चित एम्बेसडर कार




काठमाडौं । भारतको चर्चित कार एम्बेसडरको ब्रान्ड बिक्री भएको छ । एम्बेसडरको ब्रान्ड ८० करोड भारतीय रुपैंयाँमा बिक्री गरिएको हो ।
भारतीय जनताको एसयूभी प्रतिको वढ्दो लगाव र मन्त्रीहरुको बूलेट प्रूफ गाडी प्रति बढेको आर्कषणका कारण पछिल्ला बर्षहरुमा यसको बजार घटेको थियो ।

कम्पनीले समय अनुसार आफुलाई ढाल्न नसक्नु र भारतले सन् १९९० को दशकमा खुला आर्थिक नीति अपनाउन थालेपछि मन्त्री, नेता र उच्च सरकारी अधिकारीहरुबाटै उपेक्षित हुन थाल्नुलाई कम्पनी बन्द हुनुको प्रमुख कारणको रुपमा हेरिएको छ ।

हिंदुस्तान मोटर्सले एम्बेसडर ब्रान्ड फ्रान्सको पूगोटे कम्पनीलाई बिक्री गरेको हो ।

१९ औं शताब्दिको अन्त्य तिर भारतीयहरुको शानको रुपमा एम्बेसडर कार रहेको थियो । भारतीय मन्त्री देखि लिएर सरकारी कर्मचारीहरुले प्रयोग गर्न कारको रुपमा यो कारले छवी बनाएको थियो । तर २०१४ बाट कारको उत्पादन बन्द भएको थियो ।

एम्बेसडर कार भारतमा तीन दशकसम्म बेस्ट सेलरको रुपमा रहेको थियो ।

भारतीय मिडियाहरुका अनुसार पूगोटो कम्पनी १९ औं शताब्दिको मध्यबाट भारतमा बजार विस्तारका लागि आएको थियो । एम्बेसडर कार मार्फत पूगोटो भारतीय ग्राहकको विश्वास जित्ने तयारीमा रहेको छ ।

एम्बेसडर कारले आफ्नो उत्पादन १९५३ बाट सूरु गरेको थियो । १९८० को दशकमा २० हजार कार बिक्री भएको थियो । तर २०१३/१४ मा २ हजारमा झरेको थियो । ऐजेन्सी


क्लिकमान्डु