हायात होटलको नाफा ३ सय प्रतिशतले बढ्यो



काठमाडौ । हयात होटलको नाफा करिब तीन सय प्रतिशतले बढेको छ ।

होटल संचालन गर्ने कम्पनी तारागाउँ रिजेन्सी होटल लिमिटेडले प्रकाशित गरेको वित्तीय विवरण अनुसार होटलले पुस मसान्तसम्ममा १२ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष पुस मसान्तमा यस्तो नाफा ३ करोड २६ लाख रुपैयाँ थियो ।

होटलले ६ महिनामा सेवा बिक्री मार्फत ५५ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यस्तो बिक्री ४२ करोड ४६ लाख रहेको थियो ।

अघिल्लो वर्ष भारतीय नाकाबन्दीको कारण सेवा क्षेत्र अन्तर्गत होटल व्यवसाय प्रभावित भएपनि यो पटक भने पर्यटक आगमनमा भएको बृद्धिको कारण होटल क्षेत्रको व्यवसाय बृद्धि भएको छ । प्रति सेयर आम्दानी ६ रुपैयाँ ६८ पैसा रहेको छ ।


क्लिकमान्डु