एनएमबीको नाफा ६६ प्रतिशतले बढ्यो, प्रतिफल स्थिर



काठमाडौं । एनएमबी बैंकले अघिल्लो वर्षको तुलनामा यो वर्षको पुस मसान्तमा नाफा ६६ प्रतिशतले बढाएको छ ।

एनएमबी बैंकले पुस मसान्तसम्ममा ७० करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्मा यस्तो नाफा ४२ करोड थियो ।

बैंकले नाफा ६६ प्रतिशतले बढाएको वित्तीय विवरण प्रकाशित गरेपनि पुँजीमा प्रतिफल(आरओई) भने स्थिर देखिन्छ । अघिल्लो वर्ष १७.५१ प्रतिशत रहेको आरओई यो वर्ष १७.०६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी(इपीएस) २१.३१ रुपैयाँ रहेको छ ।

६६ प्रतिशतले नाफा बढाउँदा एनएमबी बैंकले ब्याज आम्दानी मार्फत १ अर्ब २६ करोड रुपैयाँ कमाएको छ । ५ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुस मसान्तसम्ममा ६८ अर्ब रुपैयाँ निक्षेप छ भने ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा पुँजी निक्षेप(सीसीडी रेसियो) ७७.६४ प्रतिशत रहेको छ ।


क्लिकमान्डु