हिल्टन होटलको विवाद संसदीय समितिमा  



काठमाडौं । नक्सालमा जगदम्बा हस्पिटालिटीले निर्माण थालनी गरेको ‘ट्री हिल्टन होटल’को जग खन्ने क्रममा स्थानीयलाई परेको प्रभावको विषय व्यवस्थापिका संसद् प्रवेश गरेको छ ।

संसद्को शुशासन तथा अनुगमन समितिमा उक्त विषयमा छलफल भएको हो । जग खन्ने क्रममा पहिले सडक भासियो, अहिले स्थानीयका घर चर्किन थालेको छ ।

जमिन सतह गहिरो बनाउनु नियति हो कि भवितव्य, आफूलाई चाहिने जग्गा सहजै प्राप्त गर्न नसकेपछि, होटलले जानीजानी खाडल गहिरो बनाएको आरोप स्थानीयले लगाएका छन् । प्राविधिक र अनुगमनको जिम्मेवारी पाएका निकायले उत्तर दिनुप¥यो, बैठकमा सांसद्को माग थियो ।

माग गर्ने संसद्मा उदयनेपाली श्रेष्ठ, अकबर शाह, जनकराज जोशी, मिलन राजवंशीलगायत छन् । बैठकमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले यसप्रकारको घटना पहिलो नभएको जनाउँदै भवन ऐन संशोधन आफ्नो प्राथमिकतामा रहेको बताए ।
बैठकमा उपत्यका विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले होटललाई वेसमेन्टमा दुई तलाको प्रारम्भिक स्वीकृति दिएको जानकारी दिए ।

काठमाडौँ महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले होटलले भवन निर्माण अनुमति लिन अन्य निकायको सिफारिसमा दिएको निवेदनका विषयमा सार्वजनिक सूचना प्रकाशित गर्दा गुनासो नआएको, मुचुल्का उठाउँदा सङ्घीयारबाट हुन्न नभनेकाले स्वीकृति दिएको जनाउँदै, स्थानीय मर्का व्यवस्थापन गर्न आफू तत्पर रहेको बताए । हिल्टन होटलको नक्सा स्विकृति लगायतका कागज अख्यितारले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।


क्लिकमान्डु