‘मेनेजर अफ दिन एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई



काठमाडौं । नेपाल व्यवस्थापन संघले प्रदान गर्ने ‘मेनेजर अफ दिन एयर २०१६’ को सम्मान एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले पाएका छन् । संघको ३६ औ साधारणसभाले ‘मेनेजर अफ दिन एयर २०१६’ बाट एनएमबीका सिइओ पौडेललाई सम्मान गरेको हो ।

यस्तै संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक सीताराम थपलियालाई ‘मेनेजमेन्ट रिकग्नाइजेसन अवार्ड २०१६’ र भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘मेनेजर अफ दि वाच २०१६’ बाट सम्मान गरेको छ ।

साधारणसभको उद्घाटन गर्दै प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासमा सन्तुलन मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सेवा क्षेत्रलाई ग्रामीण क्षेत्रमा विस्तार गर्नुपर्ने बताएका छन् ।

उनले पश्चिमा मुलुकमा आर्थिक विकास व्यवस्थापनले महत्वपूर्ण योगदान पु¥याएको र विकासोन्मुख मुलुकमा व्यवस्थापनलाई फरक तरिकाले हेर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रको कार्य कुशलतालाई सरकारी क्षेत्रमा कार्यान्वयन ल्याई पैसाको मूल्य प्राप्तिको दिशामा बढ्नुपर्नेमा जोड दिँदै मुलुकको सामाजिक गतिशीलताका लागि म्यानले उचित ध्यान पु¥याउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

म्यानको साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको बैठकले अध्यक्ष चयन गर्ने छ ।


क्लिकमान्डु