ग्लोबल आइएमई बैंकमा प्यासिफिक डेभलपमेण्ट बैंक गाभियो



काठमाडौं । ग्लोबल आइएमई  बैंक र प्यासिफिक डेभलपमेण्ट बैंक एक आपसमा गाभिएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सो जानकारी दिएको हो । बैंक सञ्चालक समितिको निर्णयानुसार ग्लोबल आइएमई  बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सार्ने प्राप्ति (एक्विजिशन) गरेको छ ।

फागुन १ गते आइतबारदेखि दुवै संस्थाबाट हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार ‘ग्लोबल आइएमई  बैंक’ बाट हुने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु