एसबिआईले एफपिओ नपर्नेको पैसा फिर्ता गर्न थाल्यो, आवेदन दिएको स्थानबाटै लिन सकिने



काठमाडौँ । नेपाल एसबिआई बैंकले एफपिओमा शेयर बाँडफाँटमा नपरेका आवेदनकर्तालाई शुक्रबार देखि रकम फिर्ता दिन थालेको छ ।

गत पुष १० गतेदेखि १३ गतेसम्म बैंकले बिक्री गरेको एफपिओ माघ २३ मा बाँडफाँट गरेको थियो । बैंकले ६ हजार ७ सय ७० जनालाई शेयर बाँडफाँट गरेको जनाएको छ ।

बैंकले १०० रुपैयाँ फेस भ्यालुमा ८,७१ रुपैयाँ प्रिमियम रकम थप गरि ९,७१ रुपैयाँ प्रति कित्ताको दरले ६७ हजार सात सय कित्ता एफपिओ निष्काशन गरेको थियो ।

बैंकले आवेदन दिएकै स्थानबाट आवेदकको रकम फिर्ता दिने जनाएको छ ।


क्लिकमान्डु