एक प्रयोगकर्ताबाट २० डलर कमाउछ फेसबुक



काठमाडौं । हाम्रो जीवनशैली फेसबुकमय भएको छ । विहान उठेदेखि बेलुकासम्म फेसबुकमा फोटो पोस्ट लाइक वा कमेन्ट हाम्रो जीवनशैलीको एउटा हिस्सा भइसकेको छ । एक प्रयोगकर्ताबाट फेसबुकले औसतमा २० अमेरिकी डलर कमाउने गरेको तथ्य छ ।
बिश्वको सबैैभन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकले सन् २०१४ को चौथो त्रैमासमा ८ अर्ब ८१ करोड डलरको कारोबार गरेको छ भने १.४१ डलर प्रति सेयर आम्दानी कायम गरेको छ ।

कम्पनीले यो कारोबार १ अर्ब ८६ करोड मासिक प्रयोगकर्ता, जुन अघिल्लो त्रैमासको तुलनामा ३.९१ प्रतिशतले बढी हो । फेसबुकको अघिल्लो त्रैमासमा १ अर्ब ७९ करोड प्रयोतकर्ता थिए भने यस त्रैमासमा ७ करोडले बढेर १ अर्ब ८६ करोड पुगेका छन् ।

अघिल्लो त्रैमास झैं फेसबुकको बिज्ञापनबाट हुने कारोबारको ८४ प्रतिशत हिस्सा मोबाइलले ओगटेको छ, जुन ७ अर्ब २४ करोड हुन आउँछ ।
फेसबुकले कारोबार ८ अर्ब ५१ करोड र प्रति सेयर आम्दानी १.३१ डलर पुग्ने बिज्ञहरुको अनुमान भन्दा राम्रो प्रगती गरेको छ ।

कम्पनीले अघिल्लो बर्षको चौथो त्रैमासको २ अर्ब ३७ करोड डलरको तुलनामा यस बर्ष ३ अर्ब ५६ करोड डलर खुद नाफा कमाएको छ ।
अघिल्लो त्रैमासमा फेसबुकले बिज्ञापनको लागि ठाउँको अभाव भएको भन्दै सन् २०१७ को मध्य देखि कारोबारमा कमी आउने जनाएको थियो ।

तर, त्यसका बाबजुद लगानीकर्ताले बित्तीय बिवरण सार्वजनीक भएको केही घण्टामै सेयर मूल्य २.५२ प्रतिशतले बढाएका थिए ।
फेसबुकको दैनिक प्रयोगकर्ताको संख्या सन् २०१६ को अन्तिम त्रैमासमा १ अर्ब २३ करोड थियो, जुन संख्या अघिल्लो त्रैमासमा १ अर्ब १८ करोड थियो ।

अघिल्लो त्रैमासको १ अर्ब ६६ करोडको तुलनामा फेसबुकको मासिक मोबाइल प्रयोगकर्ता १ अर्ब ७४ करोड पुगेका छन् ।
‘कति प्रतिशत मासिक प्रयोगकर्ता दैनिक दाहो¥याएर फेसबुकमा फर्किन्छन्’ भन्ने फेसबुकको महत्वपूर्ण तर नजरअन्दाज गरिएको तथ्य भने गत त्रैमासमा झैं ६६ प्रतिशतमा स्थिर छ ।

अमेरिका र क्यानडामा भने फेसबुक प्रयोगकर्ताको बृद्धि सुस्ताउन थालेको छ । यो त्रैमासमा यो क्षेत्रबाट २० लाख प्रयोगकर्ता मात्र थपिएका छन् ।

फेसबुकले प्रत्येक प्रयोगकर्ताबाट औसत २० डलर कमाउने गरेको छ । पश्चिमा देशका प्रयोगकर्ताबाट धेरै कमाउने फेसबुकको आम्दानी बिकाशोन्मुख देशहरुमा भने बिस्तारै बढ्दै गइरहेको छ । त्यसैले यी देशहरुमा आम्दानी अझै बढ्दै जाने संभावना छ ।


क्लिकमान्डु