सनराइजको नाफा लगभग दोब्बर प्रतिफल स्थिर



काठमाडौं । सनराइज बैंकले पुस मसान्तसम्ममा खुद नाफा करिब दोब्बरले बढाएको पनि पुँजीमा प्रतिफल(आरओई) भने स्थिर रहेको देखिएको छ ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार ६० करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३६ करोड थियो । पुँजी बढाउनको लागि फाइनान्स कम्पनीलाई गाभ्ने नीति लिएको बैंकले आजैबाट एनआईडिसी क्यापिटल मार्केटलाई गाभेर एकीकृत कारोवार शुरु गर्दै छ ।

बैंकको आरओई १८.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो १८.१३ प्रतिशत थियो । बैंकको प्रति सेयर आम्दानी(इपीएस) २२ रुपैयाँ रहेको छ । ६० करोड नाफा गर्दा बैंकले १ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी मार्फत गरेको छ । बैंकको पुस मसान्तसम्ममा ५७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा पुँजी निक्षेप अनुपात(सीसीडी रेसियो) ७८.९० प्रतिशत छ ।


क्लिकमान्डु