नेपाल लाइफको एफपिओ र फरवार्डको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न धितोपत्र बोर्डको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्सको थप सार्वजनिक निष्काशन(एफपिओ) र फरवार्ड माइक्रोफाइनान्सको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको छ ।

बोर्डले एफपिओको र आइपिओको निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटल र नविल इन्भेष्टमेन्टलाई यस्तो निर्देशन दिएको हो । बैकिङ प्रणालीमा कर्जा दिनको लागि तरलता अभाव भएको भन्दै एफपिओ र आइपिओ बाँडफाँड गर्न तथा नपरेको पैसा फिर्ता दिनको लागि बोर्डले निर्देशन दिएको हो । बोर्डले यस व्यवस्थाले गर्दा ३ लाख ७० हजार भन्दा बढी लगानीकर्ताहरुले रु ५५ अर्ब भन्दा बढीको रकम छिटो फिर्ता भुक्तानी पाई वित्तीय बजारमा देखिएको तरलताकोे समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।


क्लिकमान्डु