एसबीआईको २८ प्रतिशत बोनस सेयर पारित



काठमाडौं । एसबीआई बैंकले सेयर धनीलाई २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले १० कित्ता सेयर बराबर ४ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने गर्ने तथा जारी गर्ने र सेयर जारी गर्दा आउने भिन्न अंक लाई शेयरधनीबाट थप रकम लिई पूणअंकमा परिणत गर्ने र त्यसरी पूर्ण अंकमा परिणत गर्ने क्रममा वर्तमान शेयरधनी समूहको शेयर स्वामित्व कायमै राख्न संस्थापक सेयरधनीबाट जति रकम थप्न आवश्यक पर्छ सो रकम संस्थापकबाट समेत थप लिई संस्थापक र सर्वसाधारण सेयरधनीको शेयर स्वामित्व ७०:३० कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाले चालु आर्थिक वर्षको लागि बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिएल श्रेष्ठ एण्ड कं. चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती गरेको छ ।


क्लिकमान्डु