भक्तपुरमा शुरु भयो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना



भक्तपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा ब्लक र पकेट कार्यक्रम सुरु भएको छ ।

धान तथा तरकारी खेतीको दुईवटा ब्लक र विभिन्न साना कृषि उत्पादनका ३० वटा पकेट कार्यक्रमका लागि रु दुई करोड छ लाख बजेट विनियोजन गरिएको छ । जिल्लाका नगरकोट, बागेश्वरी, दधिकोट र सिपाडोल क्षेत्रलाई धान उत्पादन ब्लक तथा मध्यपुर थिमि, सूर्य्विनायक, नगरकोट र अनन्तलिङ्गेश्वर नगरपालिकालाई तरकारी खेती ब्लक क्षेत्रका रुपमा छनोट गरी कार्यक्रम सुरु गरिएको छ ।

पकेट कार्यक्रमअन्तर्गत कृषि बालीका लागि २०० रोपनी जग्गा, मौरी पालनका लागि ४०० घार, च्याउ खेतीका लागि एक हजार च्याउ प्याकेट आवश्यक पर्छ ।
ब्लक कार्यक्रमअन्तर्गत दुई हजार रोपनी जग्गा एउटा ब्लकका लागि आवश्यक पर्ने ढुङ्गानाले बताउनुभयो । ब्लक र पकेट कार्यक्रममा सहभागी हुन कृषक, कृषक समूह र कृषि सहकारीले जग्गाको क्षेत्रफल, उत्पादन गर्ने बालीको विवरणसहित सम्बन्धित क्षेत्रको नगरपालिका र कृषि सेवा केन्द्रको सिफारिस पेस गर्नुपर्ने प्रावधान छ । रासस


क्लिकमान्डु