नेप्से परिसूचक १३ सयबाट तल ओर्लियो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३ सयबाट तल ओर्लेको छ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक २६.७५ अंकले घटेर १२९६.२३ बिन्दुमा आएको हो ।

कारोवार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । परिसूचक ओरालो लागेपनि कारोवार रकममा भने अघिल्लो दिनको तुलनामा बृद्धि भएको छ । विहीवार एक सय ३४ कम्पनीको सेयर खरिदबिक्री भएर ५७ करोड रुपैयाँको कारोवार भएको छ ।

बिहीबार कारोवार बढी हुने कम्पनीमा म्युचुअल फन्डहरु रहेका छन् । सबैभन्दा बढी सिदार्थ इक्विटी स्किमको ५ करोड ६४ लाख ,एनआईबिएल सम्बृद्धि फन्ड १ को ५ करोड ५१ लाख तथा एनएमबी सुलभ फन्डको ३ करोड २८ लाख रुपैयाँको कारोवार भएको छ ।

बिहीवारको कारोवारबाट सबैभन्दा बढी कमाउनेमा मेट्रोका लगानीकर्ता छन् । सबैभन्दा बढी गुमाउनेमा एभरेष्ट इन्सुरेन्सका रहेका छन् ।


क्लिकमान्डु