आधा बर्षमा करिब अर्ब कमायो एभरेष्ट बैंकले




काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको खुद नाफामा २८.८९ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत बित्तीय बिबरण अनुसार यो अवधिमा बैंकले ९७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अबधिमा बैंकले ७५ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको ४ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोषमा ४ अर्ब ८७ करोड रुपैंयाँ छ । यो चुक्ता पूँजी अगामी असार मसान्तसम्ममा कम्तिमा पनि ८ अर्ब रुपैयाँ पुर्याउनै पर्ने दबाब बैंकलाई छ ।

बैंकको ब्याज आम्दानी गत बर्षको १ अर्ब ४४ करोडबाट बढेर यो बर्ष १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अघिल्लो बर्षको ०.६७ बाट थोरै बढेर ०.७० पुगेको छ । पूँजी बृद्धिका कारण प्रतिसेयर आम्दानी भने ५७.४८ प्रतिशतबाट घटेर ४२.९३ मा आइपुगेको छ ।

बैंकले राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब पूँजी बढाउन अघिल्लो बर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर बाँडेको छ भने ३३.३३ प्रतिशत हकप्रद पनि प्रस्ताव गरेको छ ।


क्लिकमान्डु