ओटो ब्राण्डको फिचर फोन ‘रियो’ बजारमा



काठमाडौं । नेपाली बजारमा भर्खरै मात्र भित्रिएको नयाँ मोबाइल ब्राण्ड ओटोले नयाँ फिचर फोन सार्वजनिक गरेको छ । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले बजारमा ओटो रियो फिचर फोन उपलब्ध भएको जानकारी दिएको छ ।

कम्पनीले यसलाई स्मार्टफोनको सम्पूर्ण पुरकको रुपमा रहेको दाबी गरेको छ ।

प्रिमियम फिचर फोनको रुपमा आएको ओटो रियोमा २.३ इन्चको स्क्रीन छ भने एलईडी टर्च पनि राखिएको छ ।

अडियोका लागि छुट्टै किहरुको प्रयोग गरिएको छ भने यसमा १,५०० एमएएचको ब्याट्री राखिएको छ ।

ड्यूल एलईडी फ्ल्याश भएको फिचर फोनमा ड्यूल सिम प्रयोग गर्न सकिन्छ । फोनमा ३२ एमबीको र्याम तथा ३२ एमबीकै स्टोरज छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिने कम्पनीको भनाई छ ।

यो फिचर फोनको सबैभन्दा मुख्य विशेषता भनेको यसलाई चार्ज गर्न विशेष किसिमको डक उपलब्ध रहेकाे छ ।

एमपी थ्री, एमपी फोर सपोर्ट गर्ने तथा वायरलेस एफएम राखिएको ओटो रियो फिचर फोन बजारमा तीन रंगहरुमा उपलब्ध छ भने यसको मूल्य रु. २,८९६/– तोकिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु