ब्याज आम्दानी घट्दा चिलिमेको नाफा घट्यो



काठमाडौं । विद्युत् बिक्रीको आम्दानीमा बृद्धि भएपनि ब्याज आम्दानी घटेको कारण चिलिमे हाइड्रो पावरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ५५ करोड ९२ लाख नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ५६ करोड १७ लाख थियो ।

कम्पनीले विद्युत् बिक्री मार्फत ६५ करोड आम्दानी गरेको छ । ब्याज आम्दानी मार्फत १ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष पुस मसान्तमा यस्तो आम्दानी ४ करोड रुपैयाँ थियो । कर्पोरेट कर तथा ब्याजदर घटेको कारण ब्याज आम्दानी घटेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा भनेको छ । संस्थापकको लगानीमा बृद्धि भएको तथा बैंक तथा वित्तीय संस्थाको निक्षेप घटेको कारण ब्याज आम्दानी घटेको हो ।

कम्पनीको प्रति सेयर आम्दानी ३२.४० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु