नेपालीको लगानीमा सामाजिक संजाल बन्यो, रेस्पेक्ट एपमा व्यवसायीक प्लेटफर्म पनि उपलब्ध



काठमाडौं, २५ माघ । नेपाली युवाहरुको कम्पनी रेस्पेक्ट इंकले नयाँ सामाजिक संजाल एप बनाएको छ । कम्पनीले यहि अप्रिलमा यो एप सार्वजनिक गर्ने जानकारी दिएको छ ।

एन्ड्रोयड तथा आईओएस दुबै भर्सनमा प्रयोग गर्न सकिने यो एप नेपालीहरुलाई लक्षित गरेर बनाईएको सामाजिक संजाल एप हो । कम्पनीकाअनुसार यो एपमा कर्पोरेट र अन्य व्यवसायीहरुका लागि व्यवसायीक प्लेटफर्म बनाईएको छ ।

रेस्पेक्ट निर्माण समुह नेपाली इन्जिनियरसहित नेपाली युवा व्यवसायीको लगानीमा तयार गरिएको र यसमा सर्वसाधारण र व्यवसायीक कम्पनी दुबैले फाइदा लिन सकिने कम्पनीको दाबी छ ।

हाल सामाजिक संजालमा आवश्यक जानकारी र प्रयोगकलाई आर्थिक रुपले उपयोग गर्न नसकिएको हुँदा रेस्पेक्ट एपले प्रयोगकर्ता र व्यवसायी दुबैलाई वीनवीन हुनेगरि प्लेटफर्म निर्माण गरेको जनाएको छ ।

यो एपमा कम्पनीहरुले निशुल्क तथा सशुल्क व्यापार प्रबद्र्धन गर्ने र सामान्य प्रयोगकर्ताहरुले विशेष छुटसहित विभिन्न अफर पाउने बताईएको छ । गैर नाफामुलक संस्थाहरुले पनि सहयोग रकम प्राप्त गर्न यसलाई माध्यम बनाउने सकिने कम्पनीको भनाई छ ।

शुरुवाती चरणमा यो नेपाली, अंग्रेजी र जापानी भाषामा तयार गरिने र अन्य सामाजिक संजालसँग पनि जोडिन सकिने छ ।

हाल एन्ड्रोयडमा परिक्षण भईरहेको यो एप आईओएसमा पनि तयार भईरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु