नवलपरासीमा रेड हाउस जंगल रिसोर्ट स‌‌‌‌‌‌‌ञ्चालनमा



काठमाडौं, २५ माघ । विभिन्न किसीमका फर्महरु सन्चालन गर्दै आएका व्यवसायी समुहबाट पाँच सय जनालाई रोजगारीको ब्यवस्था गर्ने लक्ष्यका साथ रेड हाउस जंगल रिसोर्टको स्थापना भएको छ । यो रिर्सोर्टमा १७ वटा डिलक्स कोठाहरु छन् ।

चितवन नेशनल पार्कको बफर जोनमा रहेको र भरतपृर एयरपोटबाट १९ कि.मी. पश्चिममा अवस्थित सो रिर्सोटमा प्राकृतिक बातावरणमा बस्न पाइनुका साथै विभिन्न जगंल, गाउँ घुम्ने कार्यक्रम, स्थानीय सांस्कृतिक कार्यक्रमहरुको आनन्द लिन पाइने तथा विभिन्न अन्तर्राष्टिय स्तरका खाना उपलब्ध हुनुका साथै स्वास्थ्यवर्धक नेपाली अर्गानिक खाना समेत खान पाइने व्यवस्था रहेको रिसोर्टले जानकारी दिएको छ ।

प्रकृतिप्रेमी तथा आन्तरिक पर्यटकलाई समेत आर्कषक स्थान हुनसक्ने गरी बनाएको रिर्सोटको विशेष कार्यक्रमका साथ माघ २२ गतेबाट सेवाको शुरु भएको जानकारी दियो ।

पर्यटन व्यवसायमा थप टेवा पुर्याउने र भविश्यमा अन्य कृषिजन्य व्यवसायहरुलाई पनि बढाउदै लैजानुका साथै आन्तरिक रोजगारी बढाउने उद्देश्य रहेको व्यवसायीहरुले बताए ।


क्लिकमान्डु