४.५२ अंकले घट्यो नेप्से, कारोबार रकममा थोरै सुधार



काठमाडौं । साताको कारोबारको पहिलो दुई दिन झैं नेप्से परिसूचक आज तेस्रो दिन पनि घटेको छ । ४.०४ अंकले घटेर नेप्से १२९२.०३ मा बन्द भएको छ । कारोबार रकममा भने हिजोको २३ करोडको तुलनामा थोरै सुधार आई ३१ करोड रुपैंया भएको छ ।

बैंकहरुले निक्षेपमा ब्याजदर बढाउन थालेसँगै घट्न थालेको नेप्से परिसूचकलाई नेप्से बोर्डले केहि दिन अघि गरेको अनलाईन ट्रेडिङमा १४ महिना भित्र जाने निर्णयले पनि थेग्न सकेको छैन । सो निर्णय भएपछि लगानीकर्ता केहि हौसिएका थिए ।

आज १३२ कम्पनीका ११ लाख ८० हजार ८ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।

आज वित्त र अन्य बाहेक सबै उपसूचकहरु घटेका छन् । बैंकिङ ४.५२ अंकले घटेको छ भने बीमामा २५.०४ अंकको गिरावट आएको छ ।


क्लिकमान्डु