एभरेष्ट बैंकले पुन संचालनमा ल्यायो ‘सौगात बचत खाता’




काठमाडौं । एभरेष्ट बैंकले आफ्नो एक बिशेष योजना ‘सौगात बचत खाता’ लाई आकर्षक ब्याजदरका साथ पुनः संचालनमा ल्याएको छ । बचत तथा मुद्धती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको छ ।

उपभोक्ताले यस खातालाई बचत खाताको रुपमा प्रयोग गर्न सक्ने छन् । लामो अवधिको लागी रहने रकममा अति आकर्षक ब्याजदर पाउछन् । साथै यो बचत खाता संचालन र लगानीको हिसाबमा एकदमै उपयुक्त रहेको बैंकले दाबी गरेको छ । जसमा ग्राहकले ७ प्रतिशत देखि ९ प्रतिशत सम्म ब्याज प्राप्त सक्ने छन् ।


क्लिकमान्डु