सिटिजन्स बैंकद्धारा नुवाकोटमा दुई दिने वित्तीय साक्षरता कार्यक्रम




काठमाडौं । डिएफआईडीद्धारा संचालित लुइस बर्गर को सहकार्यमा सिटिजन्स बैकंले भूकम्प अति प्रभावित जिल्ला नुवाकोटको लहरेपौवा, कविलाश, थानसिङ्ग र बुधसिङ्गमा दुई दिने वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा विशेष गरि युवा , विद्यार्थी, सिमान्तकृत समुदाय र विप्रेषणमा निर्भर परिवार/महिलालाई लक्षित गरि आयोजना गरिएको थियो । वित्तीय साक्षरता द्वारा पाठकहरुलाई बैंकको बारेमा सामान्य जानकारी दिने, ग्राहकहरुलाई बचत र ऋणको सहि व्यवस्थापन गरि व्यवसाय संचालन गर्ने, योजनाबद्ध रुपमा आफ्नो व्यवसायको तथा परिवारको बजेट निर्माण गरि उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सहयोग गर्ने र ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ सभ्यता बिकास गर्न सहयोग पु¥याउने धारणा बैंकले लिएको छ ।

यसैगरी देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बाराको कोल्हबीमा बैंकले वित्तीय  साक्षरता सम्बन्धी घर दैलो कार्यक्रम संचालन गरेको छ ।

सिटिजन्स बैंक र क्यासिओ फाइनान्सियल सर्भिस लिमिटेड युकेबीच युरोपियन मुलुकबाट नेपालमा रेमिटेन्स पठाउनको सम्झौता भएको छ । सम्झौता पछि बेलायत लगायत यूरोपीयन मुलुकबाट क्यासिओ फाइनान्सियल सर्भिस मार्फत नेपालमा पठाएको रेमिटेन्स रकम सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेको ५८ वटा शाखा मार्फत भुक्तानी पाउन सकिन्छ ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ तथा क्यासिओ सर्भिसका संचालक ज्याक ब्रियन्टले हस्ताक्षर गरे ।


क्लिकमान्डु