५ अर्ब बराबरको नागरिक बचतपत्र ल्याउँदै राष्ट्र बैंक, ८.५ प्रतिशत व्याज पाइने



काठमाडौं । बैंकमा राख्दा अल्पकालिन अवधीको लागि ब्याजदर पाउने चिन्ता र पछिल्लो समय सेयर बजार घट्दो क्रममा रहेको हुँदा पैसा कहाँ राख्ने चिन्तामा हुनुहुन्छ । सुरक्षित तरिकाले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा लगानी गर्ने योजना राष्ट्र बैंकले ल्याएको छ ।

राष्ट्र बैंकले नागरिक बचत पत्र अन्तर्गत ५ अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । आन्तरिक ऋण उठाउने योजना अन्तर्गत राष्ट्र बैंकले फागुन १ देखि ५ अर्ब रुपैयाँको बचतपत्र बिक्री गर्दै छ । यसमा न्यूनतम १० हजार रुपैयाँसम्म लगानी गर्न पाइने छ ।

६ महिना ब्याज पाइने बचतपत्र जोखिम रहित लगानीको लागि सुरक्षित क्षेत्र हो । उदाहरणका लागि १ करोड रुपैयाँ बचतपत्र खरिद गर्दा वार्षिक साढे आठ लाख रुपैयाँ ब्याज मार्फत आम्दानी हुन्छ । यो धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ ।

यो रकम सरकारले विकास निर्माणका लागि खर्च गर्ने गर्छ । बचतपत्रमा राष्ट्र बैंकका कार्यालय तथा बजार निर्माताको लाइसे्रन्स लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाइन्छ ।


क्लिकमान्डु