साढे २३ करोड रुपैयाँको मात्रै सेयर कारोबार, परिसुचक १६ अंकले घट्यो




काठमाडौं । साताको दोस्रो दिन पनि पूँजी बजार घट्दो क्रममा नै रहेको छ । आइतबार १७.९५ अंकले घटेको नेप्से परिसुचक सोमबार १५.६६ अंकले घटेर १३४८.८४ बिन्दुमा पुगेको छ ।

सोमबार जम्मा २३ करोड ६१ लाख रुपैयाँमा १३४ कम्पनीका ६ लाख २७ हजार ८ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । आइतबार २६ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन अन्य समुहको परिसुचक भने बढेको छ । सो समुहको परिसुचक १.७४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

बाँकी समुहका परिसुचक भने घटेका छन् । बैंकिङ समुहको परिसुचक १५.९६ अंकले, होटल समुहको परिसुचक ४८.९४ अंकले, बिकास बैंक समुहको परिसुचक १४.१३ अंकले, जलविद्युत समुहको परिसुचक ४.६६ अंकले, फाइनान्स कम्पनी समुहको परिसचुक ९.१२ अंकले र बीमा समुहको परिसुचक १२४.३ अंकले घटेका छन् ।


क्लिकमान्डु