प्रतिमहिना झण्डै १०० वटा साइबर अपराधको उजुरी




काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् ।

पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै साइबर अपराधको घटनामा वृद्धि आएको बताए ।

‘गत आर्थिक बर्षमा ८३० उजुरी महाशाखामा परेपनि यो चालु आवको ६ महिनामा नै ५६० उजुरी दर्ता भएको छ,’ रायले भने ।

महाशाखामा उजुरी दर्ता भएमध्ये ११ घटनाको मुद्दा चलाएको रायले जानकारी दिए । त्यसमध्ये सामाजिक सञ्जालमार्फत अपराध गर्ने ११, एटिएममार्फत ठगी गर्ने एक र अनलाइन चिठ्ठा प¥यो भनी ठगी गर्ने एक घटना रहेका छन् । महाशाखाले गत आवमा १७ घटनाको मुद्दा चलाएको थियो । रासस


क्लिकमान्डु