उद्घाटन भएको एक्कइस दिनमै आयोजनाको नहर भत्कियो, विद्युत् सेवा अवरुद्ध



जाजरकोट । जाजरकोटको गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ ।

नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध  भएको हो  । चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली बलेको थियो । विद्युत् उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाका अनुसार नहर मर्मत  गर्न आर्थिक अभाव भएको र तत्काल कतैबाट सहयोग हुने स्थिथि नभएकाले विद्युत् सेवा नियमित गर्न समय लाग्ने जानकारी दिए ।

निर्माणको क्रममा गुणस्तरमा ख्याल नगरेकाले समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । रासस


क्लिकमान्डु