नेपाल प्रहरीले माग्यो २६ सय ७८ प्रहरी जवान




काठमाडौं । प्रहरी प्रधान कार्यालयले २६ सय ७८ प्रहरी जवानको लागि आवेदन खुलाएको छ । कार्यालयले जनपथतर्फ १६ सय ४५ र प्राविधिकमा १ हजार ३३ प्रहरी जवान माग गरेको हो ।

प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारीमा ९६ , मेकानिकल विपद व्यवस्थापन १८, स्वास्थ्य २५, सञ्चार ७१८, संगीत ६१, आवास तथा भौतिक ईन्जिनियरिङ्ग २२, सूचना प्रविधि÷कम्प्यूटर १७, कुकुर स्कुल ५३, विधि विज्ञान १८, हातहतियार (आरमर) ५ का लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने छन् ।

त्यस्तै जनपद समूहतर्फ १६ सय ४५ जना नयाँ प्रहरी भर्नाका लागि पनि आवेदन माग गरिएको छ ।

जनपद समूह अन्तगत अमर÷अशक्त प्रहरी परिवार ३३, आदिबासी जनजाति २३२, मधेसी २०३, महिला १४५, दलित १०८, पिछडीएको क्षेत्र ३७ का लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने छन् ।

उमेदबारले फाराम बुझाउनका लागि १० रुपैयाँको टिकट दरखास्त फारामा टाँसी र राजश्व दस्तुर वापत १०० रुपैयाँ र एकभन्दा बढी समावेशी समुहका लागि २० रुपैयाँको दरले दस्तुर थप गर्नु पर्ने हुन्छ ।

आवदेकहरु २०७३ चैत १५ गते विहान ११ बजे, दरखास्त दर्ता गरेको सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।

प्रहरी जवानका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती, विस्तृत स्वास्थ्य परीक्षण, लिखित परीक्षा, र अन्तरवार्ताको माध्यमाबाट छनोट गरिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

आवेदकहरुले माघ ३० गते भित्रमा महानगरीय प्रहरी प्ररिसर, क्षेत्रिय प्रहरी तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्ने छन् ।


क्लिकमान्डु