अनलाईन ट्रेडिङमा लाने निर्णयसँगै नेप्से दौडियो, ६३ अंकको वृद्धि



काठमाडौं । उधोगतिमा दौडिएको नेप्से परिसुचक हिजोबाट उभोगतिमा दौडिन थालेको छ । हिजो १७ अंकले बढेको नेप्से परिसुचक ६३.२३ अंकले बढेको छ ।

कारोबार बन्द हुँदा नेप्से परिसुचक ६३.२३ अंकले बढेर १३८९.८३ अंकमा नेप्से अडेको हो ।

आज १ सय ३७ कम्पनीका १८ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा ६० करोड ६७ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार नेप्से संचालक समितिको बैठकले नेप्सलाई अनलाइन ट्रेडिङमा लाने निर्णण गरेको थियो । जसका प्रभावका कारण आज सबै समूहमा हरियाली छाएको छ । बीमा समूह ३७६, होटल समूह ४४.५१, जल विद्यृत समूह ८०.८९, बैंककिङ समूह ६४.०५, विकास बैंक ५६.५, वित्तय समूह १९.४१ र अन्य समूह २५.४५ अंकले बढेको हो ।

आज उत्पादन मुलक समूहको कारोबार नभएको नेप्सेले जानकारी दिएको छ ।

साना किसान विकास बैंक, छिमेक लघुवित्त, हिमालयन जेनरल इस्सुरेन्स र स्वाभलम्बन विकास बैंक १० प्रतिशत र नेपाल ग्रामिण विकास ९.९६ प्रतिशतले वृद्धि भएको छ ।

एनएमबी प्रमोटर सेयर ९.७६ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु