सहज हुदै तरलता अभाबको सकस, हिजो देखियो ३६ अर्ब बढी तरलता



काठमाडौं। बैकिङ क्षेत्रमा ३६ अर्ब रुपैयाँ बढी तरलता देखिएको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार मंगलवारसम्ममा बैकिङ क्षेत्रमा ३६ अर्ब रुपैयाँभन्दा बढी तरलता देखिएको हो ।

केही दिन अगाडि तरलता समस्या भएपनि बैकिङ क्षेत्रमा यो समस्या नरहेको बुझाई केन्द्रीय बैंकको रहेको छ । तरलताको स्थिती सहज रहेपनि बैंकलाई कर्जा दिनको लागि चाहिने रकम भने छैन । पुँजी निक्षेप कर्जा(सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको हुँदा बैंकलाई कर्जा दिन समस्या भएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले अहिले तरलताको समस्या नरहेको बताउदै कर्जा दिनको लागि मात्र बैंकहरुमा समस्या रहेको बताए ।


क्लिकमान्डु