तरलता अभावले पुनः लोडसेडिङ हुने खतरा : ज्ञानेन्द्रलाल प्रधान



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उर्जा समिति सभापति ज्ञानेन्द्रलाल प्रधानले हालको तरलता र बढ्दो ब्याजदरले सबैभन्दा ठूलो संकट जलबिद्युत क्षेत्रमा आएको बताएका छन् ।

नेपाल बैंकर्स एशोसिएसनले तरलता अभावका कारण बैंकिङ प्रणालीमा आएको समस्याका बिषयमा छलफल गर्न आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रधानले सो कुरा बताएका हुन् ।

‘२ प्रतिशत ब्याजदर बैंकले बढाउँदा १४ प्रतिशत नाफा घट्ने अवस्था छ । जलबिद्युतबाट १०/११ प्रतिशत नाफा कमाउन गाह्रो रहेको अवस्थामा पछिल्लो समय बैंकहरुले बढाउँदै गरेका कारण जलबिद्युत क्षेत्र नै धराशायी हुने देखिएको छ’ प्रधानले भने ।

जलबिद्युत क्षेत्रमा विद्युत् खरिद सम्झौत(पीपीए) स्थिर रहने तर, ब्याजदर निरन्तर बढ्ने र बैंकमा नगद प्रवाह समेत कम भएको अवस्थामा अबको १/२ बर्षमा बिभिन्न जलबिद्युत आयोजनाहरु लिलामीमा आउने प्रधानको दाबी छ ।

‘जलविद्युत् सबैभन्दा ठूलो संकटमा छ । नयाँ प्रोजेक्ट बन्ने अवस्था छैन भने पुरानै पनि लिलामीमा आउने अवस्था छ । बैंकले त आफ्नो लागत ऋणीलाई पास गर्दै लैजाने हो । तर, हाइड्रो ब्यवसायीले कसलाई पास गर्ने ?’ प्रधानले प्रश्न गरे ।

बिगत केहि महिना देखि लोडसेडिङबाट केही राहत पाएका नेपालीलाई तरलता अभावका कारण सृजित समस्याको सोझो असर यसरी जलबिद्युत क्षेत्रमा पर्दा आगामी दिनमा पहिले भन्दा पनि झनै बिकराल उर्जा संकट बेर्होन पर्ने अवस्था आउने सक्ने खतरा प्रधानले गरेका हुन् ।


क्लिकमान्डु