डेपुटी गभर्नर शिवाकोटी भन्छन्ः हकप्रद सेयरको कारण बैकिङ क्षेत्रमा समस्या



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले हकप्रद सेयरको कारण पछिल्लो समय बैकिङ क्षेत्रमा समस्या देखिएको बताएका छन् ।

नेपाल बैंकर्स एसोसिएसनले बैंकिङ प्रणालीमा पछिल्लो समय तरलता अभावका कारण सृजीत समस्याका बिषयमा छलफल गर्न आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रममा शिवाकोटीले बैंकका प्रमोटरहरुले राइट सेयर भर्न ठूलो मात्रामा ऋण लगेको कारण कर्जा दिनको लागि योग्य पुँजी अभाव भएको बताएका हुन् ।

‘बैंकका प्रमोटरहरुले आफ्नै बैंकबाट ऋण लिन नपाए पनि एक अर्काको बैंकबाट ठूलो ऋण लिइ राइट सेयरमा लगानी गरेका कारण पनि तरलतामा चाप बढेको हो’ डेपुटी गर्भनर शिवाकोटीले भने ।

ब्यवसायीहरुले आफ्नै पैसा वा आफ्नो कम्पनीको पैसा नभइ बैंकबाट ऋण लिएर हकप्रद सेयरमा लगानी गरेको शिवाकोटीको दाबी छ ।

‘बैंकका प्रमोटरहरुले आफ्नै बैंकबाट ऋण लिन नपाए पनि एक अर्काको बैंकबाट ठूलो ऋण लिइ राइट सेयरमा लगानी गरेका कारण पनि तरलतामा चाप बढेको हो’ डेपुटी गर्भनर शिवाकोटीले भने ।

नेपाल राष्ट्र बैंकले ०७२ सालको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी बृद्धि गर्नुपर्ने नीति ल्याएको थियो । सो नीति अनुसार बाणिज्य बैंकहरुले मात्र २ अर्बको पुँजी ८ अर्ब पु¥याउन पर्ने भएको थियो । ४०० प्रतिशत पुँजी बढाउन बैंकहरुले ठूलो मात्रामा हकप्रद सेयर जारी गरिरहेका छन् ।

‘हकप्रद सेयर निष्कासनको सिमा नतोक्नु राष्ट्र बैंकको कमजोरी भएको हो’ राइट सेयरका कारण राष्ट्र बैंकले चाहे अनुरुप बाणिज्य बैंकहरुको संख्या नघटेको प्रति संकेत गर्दै डेपुटी गर्भनर शिवाकोटीले भने । राष्ट्र बैंकले पुँजी बढाउनुको एउटा उद्देश्य बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनको लागि थियो । सेयर बजार बढेपछि कतिपय बैंक तथा वित्तीय संस्थाले मर्जर सम्झौता तोड्दै हकप्रद मार्फत पुँजी बढाउन थालेका हुन् ।

कार्यक्रममा बैंकर तथा उद्योगीले तरलता अभावको विषयमा विभिन्न खालका धारणा राखेका थिए ।


क्लिकमान्डु