नयाँ मोबाइल ब्राण्ड ‘ओटो’ सार्वजनिक, ६ इन्च डिस्प्लेसहित अाेटाे मार्क बजारमा




काठमाडौं। नेपाली बजारमा नयाँ ब्राण्डकाे माेबाइल फाेन भित्रिएकाे छ । जयमाँ इन्टरकन्टिनेन्ट प्रालिले ‘ओटो’ नामको मोवाइल ब्राण्डकाे व्यवसायीक बिक्री बितरण सुरु गरेको हो ।

आज न्युरोडको ताम्राकार हाउसमा एक कार्यक्रमकाे आयोजना गरी व्यवसायीक बिक्री सुरुवात गरेको छ । चलचित्र ‘लुट २’ का कलाकार लगायत निर्माण टिमको सहभागिता रहेको कार्यक्रममा साे मोवाइल ब्राण्ड सार्वजनिक गरिएको थियो ।

कम्पनीले याे ब्राण्डमा फिचर तथा स्मार्टफाेन ल्याएकाे हाे ।

अाज सार्वजनिक भएकाे फाेन अाेटाे मार्कमा ६ इन्चकाे डिस्प्ले रहेकाे छ भने ३ जीबी र्याम तथा ३२ जीबी राेम रहेकाे छ भने फाेटाेका लागि १३ मेगापिक्सेलकाे रियर तथा ८ मेगापिक्सेलकाे फ्रन्ट क्यामरा राखिएकाे छ ।

बजारमा अाजदेखि बिक्री शुरू भएकाे फाेनकाे मुल्य रू.१९,९९६/- ताेकिएकाे छ ।

यसका साथै सार्वजनिक गरिएको फिचर फोन ओटो रियोमा २.३ इन्चको स्क्रीन छ भने यसमा १,५०० एमएएचको ब्याट्री छ ।

ड्यूल एलईडी फ्ल्याश भएको फिचर फोनमा ड्यूल सिम प्रयोग गर्न सकिन्छ । फोनमा ३२ एमबीको र्याम तथा ३२ एमबीकै स्टोरज छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिने कम्पनीकोले जानकारी दिएकाे छ ।


क्लिकमान्डु