सत प्रतिशत नाफा बढ्दा बैंक अफ काठमाण्डू लुम्बिनीको रिर्टन घट्यो



काठमाडौंः मर्जरमा गएपछि बैंक अफ काठमाण्डू लुम्बिनी(बिओकेएल)को नाफा सतप्रतिशत बढेको छ । गत असारमा बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएका थिए । बैंकले पुस मसान्तसम्ममा ६० करोड रुपैयाँ नाफा गरेको छ । गत पुसमा यस्तो नाफा ३० करोड रुपैयाँ थियो ।

नाफामा सतप्रतिशत बृद्धि भएपनि बैंकको पुँजीमा प्रतिफल(आरओई) भने घटेको छ । बैंकको गत वर्ष पुस मसान्तमा १६.२५ प्रतिशत रहेको आरओई अहिले १४.८३ प्रतिशतमा घटेको छ ।

५ अर्ब चुक्ता पुँजी ६२ करोड चुक्ता पुँजी रहेको बैंकले पुस मसान्तसम्ममा ७० अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ६२ अर्ब रुपैयाँ गरेको छ । यसले कर्जा निक्षेप अनुपात ७८.९७ प्रतिशतमा छ । बैंकले ब्याज आम्दानी मार्फत १ अर्ब ३० करोड कमाएको छ भने अघिल्लो वर्ष नठेको ६ करोड रुपैयाँ ऋण उठाएको छ ।

नोक्सानी व्यवस्थाका लागि १५ करोड छुट्टएको बैंकले खराब कर्जा अनुपातमामा सुधार गरेको छ । अघिल्लो वर्ष ३.९३ प्रतिशत रहेको एनपीएल अहिले १.५१ प्रतिशतमा झरेको छ । बैंकको


क्लिकमान्डु