नेप्सेको ओरालो क्रम रोकियो, दोहोरो अंकको वृद्धि, कारोबार ५३ करोडको



काठमाडौं । मंगलबार नेप्से परिसुचकमा दोहोरो अंकले सुधार आएको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक १६.९ अंकले बढेर १३२६.६० अंकमा नेप्से परिसुचक अडेको हो ।

तर, दिनभरमा नेप्सेमा तिब्र उतारचढाव आएको छ । १४ अंक सम्म घटेको नेप्से फेरी झण्डै १७ अंकले बढेर बन्द भएको छ । यसले नेपाली लगानीकर्ताको मनस्थिति अझै दोधारे रहेको देखाउँछ ।

आज १ सय ३७ कम्पनीका १६ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा ५२ करोड ८५ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा बीमा र अन्य समूह बाहेक सबैमा हरियाली छाएको छ । बीमा समूह २८.४२ र अन्य समूह ०.२९ अंकले घटेको हो । होटल समूह १०९.७, जल विद्यृत समूह १३.१५, बैंकिङ समूह २५.४४, विकास बैंक ३.३२, वित्तीय समूह ९.२ र उत्पादन मुलक समूह १९.८२ अंकले बढेको हो ।

सोल्टी होटल , श्री राम सुगर मिल, कालिका माइक्रोक्रेडिट विकास बैंक, सगरमाथा फाइनान्स र सेन्चुरी कर्मशियल बैंक क्रमस ९.९६, ९.६२, ८.४३, ७.४४ र ७.३३ प्रतिशतले वृद्धि भएको छ ।

गुरास लाइफ इन्सुरेन्स, एनएमबी प्रमोटर सेयर, फस्ट फाइक्रो फाइनान्स विकास बैंक, सिद्धार्थ इन्सुरेन्स र एनएलजी इन्सुरेन्स क्रमस १०, ९.१७, ७.५३, ७.१७ र ६.००९ प्रतिशतले ह्रास आएको नेप्सेले बताएको छ ।


क्लिकमान्डु