जबरजस्ती सेयर बेच्न बाध्य पारिएको लगानीकर्ता संघको आरोप




काठमाडौं । सेयर बजार लगातार ओरालो लाग्न थालेपछि सेयर लगानीकर्ता संघले पछिल्लो समय सेयर जबरजस्ती बेच्न बाध्य बनाइएको बताएको छ ।

संघले आज जारी गरेको विज्ञप्तीमा अनलाईन मिडियामा बजार घटाउनेगरी समाचार सप्रेरषण गरेको तथा केही व्यक्ति अनावश्यक रुपमा बजार घटाउन लागेको दाबी गरेको छ ।

‘बजार घटेको अवान्छित घटना घट्दा नियामक निकायपनि चुप लागेर बसेको छ,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


क्लिकमान्डु