पुँजी २ अर्बले बढ्दा नेपाल इन्भेष्टमेन्टको नाफा ५० प्रतिशतले बढ्यो



 

काठमाडौं। नेपाल इन्भेस्टमेन्ट बैंकले चालु आर्थिक बर्ष ७३/७४ को दोस्रो त्रैमासिक सम्म खुद नाफा ५०.३० प्रतिशतले बढाएको छ ।

आज अपरिष्कृत वित्तीय बिवरण प्रकाशित गर्दै बैंकले दोस्रो त्रैमासिक सम्म गत बर्षको १.अर्ब ९ करोड रुपैंयाँको तुलनामा १ अर्ब ६४ करोड रुपैंयाँ नाफा कमाएको जनाएको छ ।

बैंकको निक्षेप पनि गत बर्षको दोस्रो त्रैमासिकको ९८ अर्ब रुपैयाँको तुलनामा बढेर १ खर्ब १६ अर्ब पुगेको छ । साथै, ऋण प्रवाह पनि ७७ अर्ब ४८ करोड बढेर ९६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

बैंकको ब्याज आम्दानी अघिल्लो बर्षको दोस्रो त्रैमासिकमा १ अर्ब ६७ करोड रहेकोमा यो बर्ष बढेर २ अर्ब ३७ करोड अर्ब पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी गत बर्षको ३४.४० रुपैयाँको तुलनामा बढेर ३७.६८ रुपैयाँ पुगेको छ ।

बैंकले आफ्नो खराब कर्जा अनुपातलाई थप घटाएको छ । अघिल्लो वर्ष १.१० प्रतिशतमा रहेको खराब कर्जा अनुपात यो वर्ष ०.७० प्रतिशतमा झारेको हो ।

समग्रमा राम्रो प्रगति बिवरण पस्केको बैंकको पिई रेसियो भने १८.९८ प्रतिशतमा सिमित छ । सेयर बजारमा सामान्यत २० भन्दा कम पिई रेसियो भएको कम्पनी लगानीको लागि राम्रो मानिन्छ ।


क्लिकमान्डु