भक्तपुर, नयाँ बानेश्वर र बनेपामा आज लोडसेसिडङ




काठमाडौं । नेपाल विद्यृत प्राधिकरणले आज भक्तपुर, नयाँ बानेश्वर र बनेपामा विद्यृत आपूर्ति अवरुद्ध हुने बताएको छ । भक्तपुरमा आज विहान १० बजेदेखि दिउसो २ बजेसम्म र बानेश्वर, बनेपामा केहि समय लोडसेडिङ हुने भएको हो ।
विद्यृत प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेर यि स्थानमा विद्यृत आपूर्ति अवरुद्ध हुने जानकारी गराएको छ ।

विद्यृत प्राधिकरणले चपलि १३२ के.भी सवस्टेसन विस्तारका लागि भनेर यि स्थानमा विद्यृत आपूर्ति अवरुद्ध गरेको हो ।

लामासांगू भक्तपुर १३२ प्रशारण लाईन सटडाउन लिनु पर्ने हुदा भक्तपुर १३२ ६६ ११ के.भी सबस्टेशनबाट विद्यूत प्रवाह हुने स्थानहरुमा सटडाउन अवधिभर विद्यूत आपुर्ति हुने छैन ।

यस्तै नयाँ बानेश्वर ६६ ११ के.भी र बनेपा ६६ ११ के.भी सबस्टेशनबाट विद्यूत प्रवाह हुने स्थानहरुमा पनि केहि समय विद्यूत अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।


क्लिकमान्डु