माथिल्लो सोलुमा एनएमबीको नेतृत्वमा २ अर्ब २० करोड ऋण



काठमाडौं। माथिल्लो सोलु निर्माण गर्नको लागि एनएमबी बैंकको नेतृत्वमा चार बैंकले २ अर्ब २० अर्ब रुपैयाँ ऋण दिने भएका छन् । १८ मेगावाटको माथिल्लो सोलु निर्माण गर्न एनएमबी बैंक सहित नेपाल बंगलादेश बैंक,सिदार्थ डेभलपमेन्ट बैंक र भिबोर सोसाइटीले ऋण दिने सम्झौता गरेका हुन् ।

सोमवार माथिल्लो सोलु निर्माण गर्ने कम्पनी बेनीखोला हाइड्रो प्रोजेक्ट र चार बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । आयोजना निर्माणका लागि ७० प्रतिशत ऋण बैंक तथा वित्तीय संस्थाबाट हुने छ भने ३० प्रतिशत रकम स्वपुँजीबाट जुटाइने छ ।
आयोजनामा एनएमबी बैंकले १ अर्ब नेपाल बंगलादेश बैंक र भिवोर सोसाइटीले ५०/५०करोड तथा सिदार्थ डेभलपमेन्ट बैंकले २० करोड ऋण दिने छन् ।

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख हुँदा उनले दवाव दिएर आयोजनाको लाइसेन्स खारेज भएको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले स्वदेशी लगानीमा निर्माण हुने जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने गरेका छन् ।


क्लिकमान्डु