२० अर्ब तरलता प्रवाह गर्दै राष्ट्र बैंक



 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको तरलता बैकिङ प्रणालीमा तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा छाड्न लागेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको सरकारी ऋणपत्र खरिद गरेर रिपो छाड्ने गर्छ । राष्ट्र बैंकले रिपो ल्याउदा शुरुमा बैंक तथा वित्तीय संस्थाको आकर्षण नदेखिएपनि गत साता भने १७ अर्ब रुपैयाँको रिपो गएको थियो । राष्ट्र बैंकले खुला बोलकबोल प्रक्रियाबाट रिपो बिक्री गर्न लागेको हो । अन्तर बैंक दरमा बोलकबोल गर्नेले रिपो पाउँछन् । रिपोको प्रयोग ऋण दिन पाउने २० प्रतिशत रकमको रुपमा प्रयोग गर्न पाइन्छ ।


क्लिकमान्डु