भोडाफोनले भारतको व्यवसाय आईडिया सेलुलरसँग मर्ज गर्दै, मुल्य युद्धले समस्यामा



काठमाडौं । विश्वको सबैभन्दा दोस्रो ठूलो सेलफोन नेटवर्क अपरेटर भोडाफोनले भारतमा रहेको व्यवसाय स्थानिय प्रतिस्पर्धि कम्पनी आईडिया सेलुलरसँग मर्ज गर्ने भएको छ । बेलायती कम्पनी भोडाफोनले आईडियासँगको मर्जबारे कुराकानी गरिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले सार्वजनिक गरेको छ ।

भोडाफोन र आईडिया सेलुलरबिचको मर्जको बारेमा दुबै कम्पनीहरुले जानकारी दिएका हुन् ।तर यो मर्जको डिल कति रकममा हुन लागेको हो भन्ने केहि जानकारी छैन् ।

विश्लेषकहरुका अनुसार यो मर्जरले ३ करोड ७५ लाख प्रयोगकर्ताहरु बढ्ने छन भने बजार हिस्सा ३६ प्रतिशतले वृद्धि हुनेछ । यसका साथै मर्जरपछि कम्पनी बजारको मुख्य नेतृत्व गर्ने कम्पनी हुनुका साथै अहिलेको भारतीय बजारको मुल्य युद्धमा प्रतिस्पर्धा गर्न सक्षम हुनेछ ।

आईडिया सेलुलरसँगको मर्जरपछि भारतमा भोडाफोन अझ प्रतिस्पर्धि हुनेछ भने यसले भारती एयरटेल तथा रिलायन्स जियो इन्फोकमसँग कडा प्रतिस्पर्धा गर्नेछ । रिलायन्स जियो इन्फोकम कम्पनी भारतका सबैभन्दा धनी व्यवसायी मुकेस अम्बानीको कम्पनी हो ।

जियोले भारतमा निशुल्क कल तथा डाटामा उच्च मुल्य कटौती गरेपछि अन्य तीन कम्पनीहरु भारती एयरटेल, भोडाफोन तथा आईडियालाई पनि मुल्य कटौती गर्न तथा नाफा कम गर्न दबाब परेको थियो ।


क्लिकमान्डु