एप्पल वल्र्डको भ्यालेन्टायन ‘एक्सचेन्ज धमाका रिर्टन्स’, एउटा किन्दा अर्को सित्तैमा



काठमाडौं । एप्पल वल्र्ड मोबाइलले ‘एक्सचेन्च धमाका रिर्टन्स’ एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा अफर ल्याएको छ । एप्पल वल्र्डले माघ १८ गतेबाट फागुन १० गते सम्मका लागि अफर ल्याएको हो ।

एप्पल वल्र्डले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने मौका प्रदान गर्ने बताएको छ ।

एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल सित्तैमा दिने अफर ल्याएको हो । त्यस्तै युएमआई ४ जिबी ¥याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ ।

भ्यालेनटाइन डे नजिकिदै गर्दा आफ्ना प्रेमीप्रेमिकालाई उपहारस्वरुप प्रदान गर्न युएमआइ मोबाइल खरिद गर्न पनि एप्पल वल्र्डले आग्रह गरेको छ । जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।


क्लिकमान्डु