मेगासँग मर्जरमा जान लागेको टुरिजमको नाफा १४ करोड



काठमाडौं। मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरेको टुरिजम डेभलपमेन्ट बैंकले पुस मसान्तसम्ममा १४ करोड नाफा गरेको छ । ब्याज आम्दानी २६ करोड गरेको बैंकले नाफामा अघिल्लो वर्षभन्दा दोब्बर बढाएको हो । ९१ करोड चुक्ता पुँजी रहेको बैंकको निक्षेप १० अर्ब रुपैयाँ छ भने कर्जा प्रवाह ९ अर्ब २४ करोड रहेको छ ।

बैंकले पुँजीमा प्रतिफल(आरओई) पाँच प्रतिशतले बढाउन सफल भएको छ । अघिल्लो वर्षको पुस मसान्तमा १५ प्रतिशत रहेको आरओई अहिले २० प्रतिशतमा वुगेको छ ।


क्लिकमान्डु